गृहपृष्ठ Featured वाणगंगा नगरपालिकाको नीति तथा कार्यक्रम पारित,कार्यन्वयन पक्षमा सचेत रहन सरोकारवालाको सुझाव

वाणगंगा नगरपालिकाको नीति तथा कार्यक्रम पारित,कार्यन्वयन पक्षमा सचेत रहन सरोकारवालाको सुझाव

प्रकाशित मिति:

वाणगंगा नगरपालिकाको आ.व. ०७७ र ०७८ सालको नीति तथा कार्यक्रम शुक्रबार एक कार्यक्रमका बीच पारित भएको छ । नगरपालिकाको सातौं नगर सभाको पहिलो बैठकले सर्वसम्मत रुपमा ११८ बुँदे नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, रोजगारी र पशुपालनलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ । नीति तथा कार्यक्रममा समावेश गरिए पनि कार्यान्वयनको पक्ष फितलो हुने गरेको भन्दै यसमा सचेत बन्न नगरसभा सदस्यहरुले सुझाव दिएका थिए ।

सभामा नगर सभा सदस्यले उठाएका प्रश्नको जवाफ दिदै नगर उपप्रमुख चक्रपाणी अर्यालले सबैको भावनालाई समेट्ने आश्वासन दिनुभएको थियो । आगामी १० गते नगरपालिकाले आज पारित गरेको नीति तथा कार्यक्रम अनुसारको बजेट ल्याउने तयारी गरेको नगर प्रवक्ता विष्णुप्रसाद पौडेलले वैखरी अनलाइनलाई जानकारी दिनुभयो ।

बैरियामा अवस्थित मायादेवी रिसोर्टको सभाहलमा भएको सातौं नगर सभामा नगर उपप्रमुख अर्यालले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत नीति तथा कार्यक्रम झण्डै सवा तीन घण्टा छलफल पश्चात पारित भएको जनाइएको छ । कार्यक्रममा नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षता रहेको थियो ।

 

सम्बन्धित् समाचार