गृहपृष्ठ खबर लकडाउनको बेला घरमै गएर बालबालिकालाई पढाउँँदै एबीसी नेपाल

लकडाउनको बेला घरमै गएर बालबालिकालाई पढाउँँदै एबीसी नेपाल

प्रकाशित मिति:

कोरोना भाइरसको रोकथामको लागि सरकारले लकडाउन गरेको छ । विद्यालयदेखि विश्वविद्यालयसम्मको पढाइ बन्द छ । परीक्षा रोकिएका छन्। । यो बेला घरमै बस्दा विद्यार्थीले पढ्ने र गर्न सक्ने क्रियाकलापबारे धेरै संघ संस्थाले सामग्री प्रकासन प्रसारण गरेका छन् ।

लकडाउनकाे विषम परिस्थितिमा एबिसि नेपालले नवलपरासीको सरावल गाउँपालिका , पाल्हिनन्दन गाउँपालिका तथा सुस्ता गाउँपालिकाका बालबालिकाकाे घरमै पढाउने सिकाइ क्रियाकलाप गराउदै अाइरहेकाे छ।

एबिसि नेपाल तथा स्ट्राेम फाउन्डेसन नेपाल द्वारा सन्चालित सम्बाद कार्यक्रमका किशोर किशोरीहरुकाे घर घरमा एनिमेटर गई समाजिक दुरी कायम गरि बालबालिकालाई पढाउने काम जारी राखिएको छ।

हालकाे अवस्थामा हाेम काेचिङ,ग्रुप छलफल ,साथिसंग मनका कुरा (फाेनबाट साथिसंग छलफल ),बाल बगैंचा ,अामा सम्बाद केन्द्र ,एक घर एक करेसाबारी लगाएत तमाम कार्यक्रमलाई निरन्तर्ता दि रहेको एबिसि नेपालकि सहजकर्ता साहिदा नेसाले जानकारी दिनुभएको छ ।

लकडाउनमा बालबालिकाहरु घुम्ने , खेल्ने ,माेबाइल चलाउने , अभिभावकलाई सताउने तथा बिग्रिने सम्भावना धेरै भएता पनि एबिसि नेपालीको कार्यक्रमले गर्दा बालबालिकामा सकारात्मक परिवर्तन अाएकाे हुनाले अभिभावकहरु खुशि ब्यक्त गरेका छन ।

सम्बन्धित् समाचार