गृहपृष्ठ खबर सैनामैनामा अवस्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसले पायो ‘क्युएए’ को मान्यता

सैनामैनामा अवस्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसले पायो ‘क्युएए’ को मान्यता

प्रकाशित मिति:

रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको सहीद नारायण पोखरेल रामापुर क्याम्पसले ‘क्युएए’ मान्यता पाएको छ । क्याम्पसले विश्व विद्यालय अनुदान आयोगले प्रदान गर्ने गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रमाणपत्र (क्युएए) मान्यता पाएको हो ।

२०७१ चैत्र २३ गते उच्च शिक्षा सुधार परियोजनामा प्रवेश गर्दै यस अभियानमा लाग्दै आएको यो क्याम्पसले शैक्षिक पाठ्यक्रम, नीति निर्माण, भौतिक पुर्वाधार, शिक्षण सिकाई, आर्थिक, सामाजिक तथा प्रशासनिक क्षेत्रमा उल्लेखनीय सुधार गर्न सफल भएका कारण क्युएएको मान्यता पाएको क्याम्पस प्रमुख यदुलाल पन्थको भनाइ छ ।

२०७६ मंसिर १६ देखी २० गते सम्म प्राध्यापक डा। रमेश प्रसाद भट्टराईको संयोकत्वमा क्याम्पसका सम्पूर्ण गतिविधिको अन्तिम पटक सुक्ष्म मूल्यांकन गरिएको थियो । यस अघि पनि मूल्याङ्क समितिले ३ दिन सम्म क्याम्पसको निरिक्षण गरेको थियो ।

क्याम्पसले ८ वटा बिषय क्षेत्रका १२० वटा सुचकहरु पास गरेपछि आयोगको टोलीले क्यूएए मान्यता दिएको हो ।

विश्व विद्यालय अनुदान आयोगको निर्णयअनुसार यही असार ८ गते सोमबार भर्चुअल माध्यमबाट क्याम्पसले क्युएए मान्यता पाएको प्रमाणपत्र प्राप्त गर्नेछ । क्याम्पस सैनामैना ६ मा अवस्थित छ । त्यस्तै कपिलवस्तुको सिद्धार्थ क्याम्पस र घादिङको निलकण्ठ क्याम्पसले पनि क्युएए मान्यता पाएका छन् ।

विश्वविद्यालय अनुदान आयोगले जारी गरेको सुचनामा भर्चुअलमा संचालक समितिका अध्यक्ष, आन्तरिक गुणस्तर सुनिश्चितता समिति र स्वमूल्यांकन टोलीका संयोजकको सहभागिताका लागि अनुरोध गरेको छ ।

सम्बन्धित् समाचार