गृहपृष्ठ Featured थप ४ सय २१ जनामा कोरोना, संक्रमित संख्या ९ हजार नाघ्याे

थप ४ सय २१ जनामा कोरोना, संक्रमित संख्या ९ हजार नाघ्याे

प्रकाशित मिति:

काठमाडौं । नेपालमा थप ४ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६४ महिला र ३ सय ९७ पुरुष गरी गत २४ घण्टामा चार सय २१ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मुलुकभरका विभिन्न प्रयाेगशालामा गरिएका परीक्षणमा हालसम्म संक्रमितकाे संख्या ९ हजार २६ पुगेकाे छ ।

त्यस्तै, विगत २४ घण्टामा ८ महिला र १ सय ८६ पुरूषसहित १ सस ९४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निकाे हुनेकाे संख्या १ हजार सात सय ७२ पुगेकाे छ । हालसम्म ७५ जिल्लामा काेराेना संक्रमण फैलिएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।

त्यस्तै, काेरानाे संक्रमणबाट थप एकजनाकाे मृत्यु भएकाे र मृतककाे संख्या २३ पुगेकाे पनि स्वास्थ्य मन्त्रालयले बताएकाे छ ।

देशका विभिन्न २२ वटा प्रयोगशालाबाट ६ हजार ८ जनासँगै आइतबारसम्म पीसीआर विधिबाट १ लाख ७५ हजार १ सय ७३ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट २ लाख ६२ हजार १ सय ७४ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ जना रहेका छन् । देशका विभिन्न अस्पतालमा ७ हजार २ सय ३१ जना उपचाररत रहेका छन् ।

सम्बन्धित् समाचार