कपिलवस्तु जिल्लाकै शैक्षिक धरोहरका रुपमा रहेको सिद्धार्थ क्याम्पस कपिलवस्तुले गुणस्तर सुनिश्चितता प्रत्यायन क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । सोमबार आयोजित विश्व विद्यालय अनुदान आयोगको भर्चुअल समारोहकाबीच क्याम्पसले औपचारिक रुपमा प्रमाणपत्र प्राप्त गरेको हो ।
विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने क्युएए प्रमाणपत्र यसपटक प्राप्त गर्ने नेपालका तीन वटा क्याम्पसमध्ये सिद्धार्थ क्याम्पस वाणगंगा कपिलवस्तु पनि पर्न सफल भएको हो । गुणस्तर सुनिश्चितता प्रत्यायन क्युएए प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट अनुदानलगायतका अन्य सुविधा प्राप्त हुने गर्दछ ।
सिद्धार्थ क्याम्पस वाणगंगा कपिलवस्तु क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल हुनु आफैँमा गर्वको कुरा भएकाले आगामी दिनमा थप शैक्षिक गुणस्तर वृद्धि गरिँदै लगिने योजना रहेको क्याम्पस प्रमुख खेमराज शर्माले बताए । सो क्याम्पसको चौतर्फी विकासका लागि प्राप्त क्युएए प्रमाणपत्र मापदण्डअनुसारको आगामी दिनमा शैक्षिक क्रियाकलाप थप प्रभावकारी बनाईदै अघि बढिने क्याम्पस प्रमुख शर्माको भनाई छ ।
कक्षा ११ देखी स्नातकोतर तहसम्मको कक्षा सञ्चालन हुँदै आएको सिद्धार्थ क्याम्पस वाणगंगा २०४८ सालमा स्थापना भएको थियो ।
कार्यक्रममा क्याम्पसका सञ्चालक समिति अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षयता,संविधान सभा सदस्य डोर प्रसाद उपाध्यायको प्रमुख आतिथ्यता,प्रदेश सभा सदस्य विष्णु पन्थीको विशिष्ट आतिथ्यता,क्याम्पस संस्थापक अध्यक्ष कृष्ण पौडेल, वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु, उपमेयर चक्रपाणी अर्याल,पुर्व क्याम्पस प्रमुख बालाराम ज्ञवाली, सञ्चालक समिति उपाध्यक्षय रवि बहादुर काफ्ले, सञ्चालक समिति सदस्यहरु सुमित्रा घिमिरे,दुर्गा के।सी।,क्याम्पस प्रमुख खेमराज शर्मा, क्याम्पसका प्रध्यापकहरु लगायतको उपस्थितिमा क्युएए प्रमाणीकरण समारोह सम्पन्न भएको हो ।