गृहपृष्ठ खबर कपिलवस्तुमा निमार्णधिन घरबाट हाम फाल्दा एक मजदुरको ज्यान गयो

कपिलवस्तुमा निमार्णधिन घरबाट हाम फाल्दा एक मजदुरको ज्यान गयो

प्रकाशित मिति:

कपिलवस्तु- कपिलवस्तुको कृष्णगनर नगरपालिका– २ स्थित घर निर्माण कार्यमा एक मजदुर छतबाट हाम फालेर ज्यान फालेका छन ।

स्थानीय जाहिद खानको घरमा काम गर्ने जिल्ला कपिलवस्तु शिवराज नगरपालिका ६ खैरिका ३८ बर्षिय को दिपु लोहार छतबाट हामफालेर ज्यान गुमाएका हुन ।

लोहार अचानक ३ तले घरको १ तला छतबाट आफै हाम फालेका प्रहरीले जनाएको छ । घटनामा गंभीर घाईते भएका उनलाई स्थानिय मेडिकलमा लगीएको थियो ।

देखाउदा दाहिने हात र दाहिने खुट्टा भांचिएको, शरिरको भित्री भागमा चोट लागेकोले थप उपचारको लागी बुटवल प्रादेशिक अस्पताल बुटवलमा उपचारकालागि लगीएको थियो ।

लाहोरका उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए । , हामफाल्नुको कारण नखुलेको र घटनाको अनुसन्धान भई रहेको मल्ले बताए ।

सम्बन्धित् समाचार