गृहपृष्ठ Featured अव आश्वासन ले मात्र मान्दैनौ भन्दै बाणगंगा यातायातले बुझायो ज्ञापन पत्र

अव आश्वासन ले मात्र मान्दैनौ भन्दै बाणगंगा यातायातले बुझायो ज्ञापन पत्र

कपिलवस्तुको बाणगंगा १ वैरीयामा रहेको बाणगंगा यातायात ब्यवसायी कम्पनि प्रालिले ज्ञापन पत्र बुझाएको छ । राज्यले सदैव यातायात ब्यवसायीलाई मार पार्दै आश्वासन देखाउदै आएकोमा अव आश्वासनले मात्र काम नचल्ने भन्दै बाणगंगा यातायातले जिल्लाका बिभिन्न निकाय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।

यातायात समितिका महासचिव तथा युवा ब्यवसायी लक्ष्मण भुसालले आज जिल्ला प्रशासन कार्यलय कपिलवस्तु, नेकपा कपिलवस्तु र नेपाली काग्रेस कपिलवस्तुलाई हालको यातायात ब्यवसायीको अवस्थाबारे बुझाउदै ज्ञापन पत्र बुझाएका हुन ।

अति आवश्यक सामाग्री ढुवानी देखि बिकास निमार्णका सामाग्री ओसार पसार गर्ने ब्यवसायी अव गाडी खडा गरेर बस्ने बाहेक बिकल्प नरहेकाले यसप्रति राज्यले ध्यान दिन आवश्यक रहेको महासचिव भुसालले बताए । साथै बाणगंगा यातायात ब्यवसायी कम्पनि प्रालिका अध्यक्ष बिष्ण् न्यौपानेले राज्यले यस बिषयलाई गम्भीरताका साथ नलिए ब्यवसायी गाडी खडा गरेर आन्दोलनमा उत्रने बताए ।

सम्बन्धित् समाचार