नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ बर्षपछि नागरिकता दिने प्रावधानको विरोधमा मंगलबार पनि कपिलवस्तु सहित विभिन्न जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्दै प्रदर्शनहरू भएका छन् ।प्रदेश 2 को अस्थायी राजधानी जनकपुरधामसहित प्रायः सबै जिल्लामा प्रदर्शन भएको छ । प्रदर्शनकारीले रोटीबेटीको सम्बन्ध बिगार्न पाइँदैन, १० अर्बबाट ध्यान हटाउन पाइँदैन, महिलामाथि विभेद, अत्याचार गर्न पाइँदैन जस्ता नारा लगाएका छन् ।
जिल्लाहरुमा मंगलबार जनता समाजवादी पार्टीको अगुवाईमा प्रदर्शन भएको छ । प्रदर्शनकारीले जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । यहाँ प्रदेश सांसद रामाशिष यादव समेतको सहभागितामा निकालिएको विरोध जुलुसपछि स्थानीय जनक चोकमा प्रधानमन्त्रीको पुत्ला जलाइएको छ ।सप्तरी सदरमुकाम राजविराजमा पनि प्रधानमन्त्रीको पुत्ला जलाइएको छ ।
स्थानीय जनआन्दोलन चोकमा प्रधानमन्त्री ओलीको पुत्ला जलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडपसमेत भएको थियो ।राजविराजमै नेपाली कांग्रेसका युवा नेताहरुले समेत प्रदर्शन गरेका छन् । स्थानीय गजेन्द्र चोकमा भेला भएका य्ुवाहरुले प्लेकार्ड बोकेर प्रदर्शन गरेको युवा नेता इर्साद अन्सारीले जानकारी दिए ।
गृहपृष्ठ Featured कपिलवस्तु सहित विभिन्न जिल्लामा अंगिकृत नागरिकता प्रावधान खारेजीको माग राख्दै प्रदर्शन
कपिलवस्तु सहित विभिन्न जिल्लामा अंगिकृत नागरिकता प्रावधान खारेजीको माग राख्दै प्रदर्शन


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैपेट्रोलियम पदार्थको मूल्य घट्यो
४३ मिनेट अघि
पेट्रोलियम पदार्थको मूल्य घट्यो
४४ मिनेट अघि
नेपालसंग बहराइन ६ विकेटले पराजित
५ घण्टा अघि
विवाह ‘एक’ रुपैयाँको, माया ‘करोड’को !
५ घण्टा अघि