गृहपृष्ठ खबर पाल्पा रैनादेवी छहरा–७ का वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पाल्पा रैनादेवी छहरा–७ का वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति:

पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष देवेन्द्र पुनविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।वडाध्यक्ष पुनले काठ लिलाम तथा निकासी गर्ने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग पटक–पटक गरी ३ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

अनुसन्धानको क्रममा वडाध्यक्ष पुनले पदीय आडमा सेवाग्राहीसँग घुस लिएको खुल्न आएकोले मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सम्बन्धित् समाचार