गृहपृष्ठ खबर अहिलेसम्म २६ सय ९८ जना कोरोना संक्रमित निको

अहिलेसम्म २६ सय ९८ जना कोरोना संक्रमित निको

नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण भएकामध्ये २६ सय ९८ जना उपचारपछि निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आज यसबारे जानकारी दिएका हुन् ।

दैनिक ठुलो संख्यामा संक्रमित थपिदै गर्दा निको हुनेको संख्या पनि बढिरहेको छ । आज पनि ४८ जना डिस्चार्ज भएका छन् ।
कुल संक्रमित ११ हजार ७ सय ५५ पुगेको छ । जसमध्ये २६ जनाको निधन भएको छ ।

सम्बन्धित् समाचार