कपिलवस्तुको बुद्धभुमी नगरपालिका ४ मा रहेकोे झडुला मन्दीरमा धर्मशाला निमार्ण भएको छ । धार्मिक रुपमा एतिहासिक महत्व बोकेको झडुला मन्दीरमा धर्मशाला निमार्ण भएको हो । आज एक कार्यक्रममा बिच बुद्धभुमीका मेयर केशब कुमार श्रेष्ठले उक्त झडुला मन्दिरमा बनेको सडक र धर्मशालाको उद्घाटन गरेका हुन l
बुद्धभुमी नगरपालिका र जन सहभागिताको ६ लाख १६ हजार सहयोग र प्रदीप खडकाको अध्यक्षतामा धर्मशाला निमार्ण भएको कल्याण खनालले जानकारी दिए । साथै मन्दीर परिसर भित्र सडक निमार्ण समेत गरिएको छ । झडुला मन्दीर कपिलवस्तु, रुपन्देही, दाङका भक्तजनहरु पुजापाठका लागी आउने गर्दछन ।










