गृहपृष्ठ Featured बाणगंगामा रेडियो शिक्षा सुरु, ७ ओटा कक्षाका ४ विषय पढाइ हुने

बाणगंगामा रेडियो शिक्षा सुरु, ७ ओटा कक्षाका ४ विषय पढाइ हुने

कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले आइतबारदेखि रेडियो शिक्षा सुरु गर्ने भएको छ । कक्षा ४ देखि १० सम्म ७ ओटा कक्षाका ४ विषय पढाइ हुने नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख बाबुराम भट्टराईले जानकारी दिनुभयो ।

सरकारले कोरोना नियन्त्रणका लागि विगत तीन महिना देखि देशभर लकडाउन घोषणा गरेको छ ।अधिकांश क्षेत्र असार १ गते खुकुलो पारिए पनि विद्यालय पूर्णतया बन्दको अवस्थामा छन् । यसले विद्यार्थीलाई पढाईमा प्रत्यक्ष असर पुगेको भन्दै वाणगंगाले रेडियो कक्षा सुरु गर्न लागेको हो ।

कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीलाई केन्द्रित गरी आइतबार देखि रेडियोबाट कक्षा सञ्चालन गर्न लागिएको शाखा प्रमुख भट्टराईले बताउनुभयो । नगरका चार वटा रेडियोबाट एउटै समयमा कक्षागत रुटिनअनुसार कक्षा सञ्चालन गर्ने उहाँले बताउनुभयो । रेडियो कक्षा बुद्ध आवाज रेडियोमा कक्षा १० , मायादेवी रेडियोमा कक्षा ४ र ७ , रेडियो बाणगंगामा कक्षा ६ र ८ तथा हर्टबिट रेडियोमा कक्षा ५ र ९ का विषयहरु प्रसारण हुनेछन् ।

कक्षा ४ देखि कक्षा १० सम्मका नेपाली, अंग्रेजी, विज्ञान र सामाजिक विषय रेडियोबाट सुन्न सकिने छ ।
एउटा रेडियोबाट दैनिक साढे तीन घण्टाका दरले कक्षा सञ्चालन हुने र प्रत्येक कक्षाका चार विषयलाई मुख्य प्राथमिकता दिइएको पनि उहाँले बताउनुभयो ।

विद्यालय सञ्चालन हुन नसक्दा घरमै रहेका नगरभित्रका करिब १६ हजार विद्यार्थीलाई केन्द्रित गरी रेडियो कक्षा सञ्चालन गर्न थालिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखा अधिकृत खिमबहादुर जिसीले बताउनुभयो । घरका सबै अभिभावकलाई आफ्ना नानीबाबुलाई रेडियोबाट आ–आफ्नो कक्षा सुन्नका लागि निर्देशन दिइसकेको उहाँले बताउनुभयो । यसको अनुगमन शिक्षकबाट गराइने र रेडियो कक्षाबाट गृहकार्य पनि दिइने उहाँले बताउनुभयो ।

गृहकार्यको जाँचका लागि शिक्षकलाई घर घर खटाउने निर्णय भएको जिसीले बताउनुभयो । रेडियो कक्षा विहान ११ बजे देखि दिउँसो साढे २ बजेसम्म सञ्चालन हुने छ ।

कक्षा र रेडियो समयतालिका

समय तालिका

 

सम्बन्धित् समाचार