
गिरिजाप्रसाद कोइरालाको ९६औ जन्म जयन्तीको सम्झनामा नेविसंघ छेत्र नं.१, नेपाल तरुण दल कपिलवस्तु र नेपाली कांग्रेस कपिलवस्तु ले राजेश आस्था फाउण्डेसनमा खाद्यान्न हस्तान्तरण गरेको छ ।
कपिलवस्तु जिल्लाको बाणगंगा १ बैरीयामा रहेको राजेश आस्था फाउण्डेसनमा उपचारमा रहेका व्यक्तिहरुलाई पौष्टिक आहार फलफुल,अन्डा लगायतका खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको तरुणदल कपिलवस्तुले जनाएको छ ।
नेपालि कांग्रेसको सांसदको मृत्यु भएको दुखद क्षण भएका कारण औपचारीक रुपमा कार्यक्रम गर्न नसकेको भन्दै अनौपचारिक रुपमा फाउण्डेसनलाई सहयोग गरिएको हो ।
हस्तान्तरण कार्यक्रम बाणगङ्गा वडा न.४ का वडा अध्यक्ष गणेश क्षेत्रीको प्रमुख आतिथ्यतामा गरीएको नेविसंघ छेत्र नं.१ ले जानकारी दिएको छ । सामग्रि हस्तान्तरण गर्दै वडा अध्यक्ष क्षेत्रिले सामाग्री हस्तान्तरण गर्दै गिरिजाप्रसाद कोइरालाको योगदानको चर्चा गर्दै संस्थालाई सधैंव सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
कार्यक्रममा नेपाल तरुण दलका क्षेत्रीय अध्यक्ष तिलक थापा, नेविसंघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल, तरुणदलका क्षेत्रीय सहसचिव सुशील सिं ठकुरी, सदस्य गणेश ढुङ्गाना, तेजु सोमै लगायत अन्य कार्यर्कताहरुको उपस्थिति रहेको थियो । खाद्यान्न सामग्री ग्रहण गर्दै राजेश आस्था फाउण्डेसनका अध्यक्ष किरण सिं ठकुरीले धन्यवाद दिएका छन ।








