कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका मेयर मगंल प्रसाद थारुले काम गरेरै नगरको बिकासमा लागेको बताएका छन । हल्ला गरेर काम गरेको देखाउनु भन्दा नागरिकले महशुस गर्ने गरी काम गर्नु पर्ने बताए ।
हल्ला गर्ने भन्दा काम गर्नेमा सबै वडा अध्यक्षहरुलाई समेत उनले आग्रह समेत गरेका छन । वैखरी अनलाइनसगं कुराकानी गर्दै मेयर थारुले हल्लाले होइन कामले नगरबासीको मन जित्ने तर्फ आफु रहेको बताए ।








