गृहपृष्ठ Featured कपिलवस्तुमा कोरोना संक्रमित युवा ४५ दिन देखि आइसोलेसनमा

कपिलवस्तुमा कोरोना संक्रमित युवा ४५ दिन देखि आइसोलेसनमा

कोरोना संक्रमितमा लक्षण नदेखिए १४ दिन आइसोलेनमा राखेर घर जान दिने नया सरकारी निर्देशिका जारी भएको बेला कपिलवस्तुमा भने दुई युवाको तीन पटक पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । भारतबाट फर्कर ४५ दिन अघि आफ्नो घर फर्केका शिवराज नगरपालिकाका दुई युवाको तीन पटक पिसिआर जाच पछि अझै पोजेटिभ रिपोर्ट आएको हो ।

दुबैले क्वारेन्टिन र आइसोलेसन गरी ४५ दिन बिताएका छन । शिवराजन गरपालिका–३ का १८  वर्षीय तथा वडा नम्बर ११ का १९ वर्षीय युवाको तीन पटक पिसिआर रिपोर्ट पाजेटिभ आएको नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक चुडामणि भट्टराईले बताए । रोजगारीकालागि भारत गएका दुबै जना गत जेठ ६ गते भारतबाट नेपाल फर्कका थिए । सोही दिन दुबैलाई नगरपालिकोको क्वारेन्टिनमा राखिएको थियो ।

सम्बन्धित् समाचार