कोरोना संक्रमितमा लक्षण नदेखिए १४ दिन आइसोलेनमा राखेर घर जान दिने नया सरकारी निर्देशिका जारी भएको बेला कपिलवस्तुमा भने दुई युवाको तीन पटक पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । भारतबाट फर्कर ४५ दिन अघि आफ्नो घर फर्केका शिवराज नगरपालिकाका दुई युवाको तीन पटक पिसिआर जाच पछि अझै पोजेटिभ रिपोर्ट आएको हो ।
दुबैले क्वारेन्टिन र आइसोलेसन गरी ४५ दिन बिताएका छन । शिवराजन गरपालिका–३ का १८ वर्षीय तथा वडा नम्बर ११ का १९ वर्षीय युवाको तीन पटक पिसिआर रिपोर्ट पाजेटिभ आएको नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक चुडामणि भट्टराईले बताए । रोजगारीकालागि भारत गएका दुबै जना गत जेठ ६ गते भारतबाट नेपाल फर्कका थिए । सोही दिन दुबैलाई नगरपालिकोको क्वारेन्टिनमा राखिएको थियो ।