गृहपृष्ठ खबर थप २३२ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या १५ हजार ४९१ पुग्यो

थप २३२ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या १५ हजार ४९१ पुग्यो

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार चार सय ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप दुई सय ३२ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार चार सय ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश एकमा ६ सय ८६ जना, प्रदेश दुईमा चार हजार ८३ जना, वाग्मती प्रदेशमा पाँच सय २५ जना, गण्डकी प्रदेशमा ११ सय ३३ जना, प्रदेश पाँचमा तीन हजार नौ सय ४२ जना, कर्णालीमा एक हजार पाँच सय ४० जना र सुदूरपश्चिम प्रदेशमा तीन हजार पाँच सय ८२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित् समाचार