कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाका दुई परिवारले लकडाउनको भाडा छुट दिएका छन । बाणगंगा नगरपालिका वडा न. ८ त्रिलोक मार्गका भविन्द्र रेग्मीका परिवारले आफ्नो घरमा लामो समयदेखि भाडामा बस्दै आएका दुई परिवारलाई एक, एक महिनाको कोठा भाडा छुट दिएका छन । चारजना सदस्य रहेको रेग्मी परीवारका एक छोरा, एक छोरी र श्रीमति घरमै छन भने आफु बैदेशिक रोजगारको सिलसिलामा माल्टामा रहेका छन ।
विदेशमा आफुले भोगेको दुःख सम्झदै उनले माहामारीको चपेटामा परेका हरुलाई सहयोग गर्दै आएका छन । त्यस्तै अर्का मनकारी बाणगंगा नगरपालिका वडा न. १ वैरीया सान्ती टोलका पर्शुराम पन्थको परिवारले पनी आफ्नो घरमा भाडामा बस्दै आएका तथा सटरमा फेन्सी पसल सन्चालन गर्दै आएका एक परीवार लाई दुई महिनाको भाडा छुट दिएका छन । पन्थ नेपाल व्यापार तथा सम्वद श्रमिक संघको केन्द्रीय वरिष्ट उपाध्यक्ष समेत रहेका छन ।
कोरोनाका कारण विश्व आक्रान्त बनेका वेला यि दुई मनकारी परीपवारले घर भाडा तथा सटर भाडा छुट दिने निर्णय गरेका हुन । विश्व भर फैलिएको कोरोनाले कति परिवारहरु विचल्लमिा परेका छन, कतिपयको मृत्यु भएको छ, कसैलाई एक छाकटार्न समेत गह्रो भएको छ, यसरी विश्व भर भएका आम मानिसमा कोरोनाले एक खालको चिन्ता सिर्जना गरेको छ । यस्तो विषम परिस्थीतिमा बाणगंगामा पहिलो पटक यिनै दुई मनकारी परिवारले भाडामा छुट दिएका हुन ।