गृहपृष्ठ खबर प्रधानमन्त्री ओलीले किन खोज्दै छन् देउवाको साथ !, यसै हप्ता दुईपटक देउवासँग छलफल

प्रधानमन्त्री ओलीले किन खोज्दै छन् देउवाको साथ !, यसै हप्ता दुईपटक देउवासँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको साथ खोजेका छन् । उनले यसै हप्ता दुईपटक देउवासँग छलफल गरेका छन् । बुधबार देउवासँग भेटवार्ता गरेका उनले आज साँझ पनि छलफल गरेका छन् ।

ओलीले आफ्नो पार्टीमा विभाजन आउन लागेको खुलाएलगत्तै देउवासँग भेट्नुलाई अर्थपूर्ण मानिएको छ । यसलाई काँग्रेससँग मिलेर ओली पक्षले सरकार बनाउन खोजेको अनुमान लगाउन थालिएको छ । पार्टी विभाजनको नजिक पुगेपछि ओलीले देउवाबाट साथ पाउने आशा राखेको बुझिएको छ । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गर्ने विषयमा ओलीको देउवासँग कुरा मिलेको छ । नेकपाभित्र विभाजन आएमा एमसीसी पारित गर्ने सरकार बन्न सक्ने सम्भावना पनि औल्याइएको छ । काँग्रेस पनि ओलीपक्ष जस्तै एमसीसी पक्षधर हो ।

नेकपाका एक नेताका अनुसार ओलीसँग ३० देखि ४० प्रतिशत सांसद संख्या हुन्छ । त्यो संख्या र काँग्रेससहित जनता समाजवादी पार्टी मिलाउँदा सरकार सजिलै बन्छ । यसतर्फ पनि ओली पक्षले ध्यान दिइरहेको बुझिएको छ । सकेसम्म पार्टी एकता कायमै राख्ने, विरोधीलाई गलाउने नभए कठोर कदम चालेर बढ्ने सम्मको ओलीको तयारी बाहिर आइसकेको छ । पदमै रहन उनले काँग्रेससँग सम्झौता गर्न सक्ने ओली पक्षधरमा चर्चा छ ।

सम्बन्धित् समाचार