गृहपृष्ठ Featured मुद्धा जितेपछि सुस्मिताले पाइन बाणगंगाबाटै नागरिकता, परिवारमा छायो खुशी

मुद्धा जितेपछि सुस्मिताले पाइन बाणगंगाबाटै नागरिकता, परिवारमा छायो खुशी

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ७ की सुस्मिता बरालले मुद्धा जितेपछि बाणगंगाबाटै नागरिकता पाउन सफल भएकी छन । उनले ९ महिनापछि नागरिकता पाउन सफल भएकी हुन । उच्च अदालत बुटवल ईजलाशले बाणगंगा नगरपालिका वडा नः ७ लाई नागरिकता दिनु भनेर आदेश गरेपछि वडा नः ७ का अध्यक्ष बिष्णु गिरिले नागरिकता सिफारिस दिएका हुन ।

गत असोज ४ गते नागरिकता पाउनका लागी भन्दै उनले वडा न: ७ को कार्यालयमा निवेदन दिएकी थिइन । बुवा आमा यहाँ नबस्ने, अबिवाहित नामको महिलाबाट सन्तान कसरी जन्मीयो ?  भन्दै  वडा अध्यक्ष  गिरिले नागरिकता दिन आलटाल गरेका थिए ।

कात्तिक १४ गते नागरिकता नपाएपछि बराल परिवार अदालत पुगेको थियो । समयमै नागरिकता नपाउदा सुस्मिताले नर्सिङ लाइसेन्सको परिक्षा देखि रोजगारबाट बञ्चीत हुन परेको थियो ।

ढिलै भएपनि नागरिकता पाउदा निकै खुशी लागेको बताउदै सुस्मिता बरालले आफुलाई जस्तो कसैलाई नपरोस भनेकी छिन । आफनो पक्षमा कलम चलाएर सहयोग गरेकोमा बराल परिवारले वैखरी अनलाइनलाई धन्यवाद  समेत दिएका छन ।

सम्बन्धित् समाचार