गृहपृष्ठ खबर कपिलवस्तुको बुद्धभुमीमा प्रधानमन्त्री रोजगार कार्यक्रम चल्दै

कपिलवस्तुको बुद्धभुमीमा प्रधानमन्त्री रोजगार कार्यक्रम चल्दै

प्रकाशित मिति:

कपिलवस्तुको बुद्धभुमीमा प्रधानमन्त्री राजेगार कार्यक्रम चली रहेको छ । भएको छ । नगरमा ५९ लाख ९० हजारको प्रधानमन्त्री रोजगार कार्यक्रम चली रहेको हो । नगरपालिकाको वडा – १ को बसन्तपुमा रहेको अधुरो पार्क निमार्ण कार्य समेत चली रहेको छ । पार्कलाई सुन्दर बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पार्क सौन्दर्यकरणमा लगाइएको वडा नः १ का वडा अध्यक्ष तेज बहादुर बस्नेतले बताए ।

 


यस्तै वडा न .- २ मा नगर प्रमुख केशव कुमार श्रेष्ठ र वडा अध्यक्ष भेषराज खनाल गोरुसिगें एन.सि.एलको टावरदेखि पश्चिम बडहरा जोडने सडक निमार्ण अयोजनाको समुदघाटन गरेका छन ।

उता वडा नः ५ मा प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले र वडा अध्यक्ष वेचन यादवले बाटोमा माटो पटान र सम्भार कार्यको उद्यघाटन गर्दै वडामा राजगार कार्यक्रम सुरु गरेका हुन । नगरका ११९० जना बरोजगार युवाहरुलाई रोजगारी मिलेको छ ।

सम्बन्धित् समाचार