गृहपृष्ठ खबर कपिलवस्तुमा सडेको अवस्थामा एक पुरुषको शव फेला

कपिलवस्तुमा सडेको अवस्थामा एक पुरुषको शव फेला

कपिलवस्तुको विजयनगर गाउँपालिका ३ मैनारीमा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ४०–४५ वर्षीय नाम थर वतन नखुलेको शव सडेगलेको अवस्थामा वडा नम्बर ३ मैनारी स्थित सोनारी नालाको किनारमा फेला परेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिनुभएको छ ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको प्रहरी निरीक्षक नेपालले बताउनुभयो । यसबारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित् समाचार