अर्घाखाँची जिल्लालाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने मुख्य सडक गोरुसिङ्गे(सन्धिखर्क सडकखण्ड आजदेखि दैनिक ८ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सडक स्तरोन्नति गर्न सन्धिखर्कको फुदवाङ्गदेखि नरपानीसम्म १३ किमी सडक दैनिक ८ घण्टा बन्द गर्नुपरेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सर्वपक्षीय बैठकले साँघुरा घुम्ती र सडकको चापलाई ध्यानमा राख्दै बाटो स्तरोन्नति गर्न लागिएको सडक बिहान ८ बजे देखि १२ बजे सम्म र दिउँसो २ बजे देखि ६ बजे सम्म बाटो बन्द गर्ने गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।
यस्तै बैठकले एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी लगाएतका अत्यावश्यक र संवेदनशील सवारी साधनलाई भने तत्काल बाटो खोली दिनुपर्ने बैठकले निर्णय छ ।








