गृहपृष्ठ खबर ओली–प्रचण्डबीच ‘वान टु वान’ वार्ता बालुवाटारमा सुरु

ओली–प्रचण्डबीच ‘वान टु वान’ वार्ता बालुवाटारमा सुरु

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को आन्तरिक द्वन्द्व व्यवस्थापनका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीच ‘वान टु वान’ वार्ता सुरु भएको छ ।

दुई नेताबीचको वार्ता चार बजेलाई तय भएपनि केही ढिला गरी सुरु भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

आइतबार यता ओली र प्रचण्डबीच निरन्तर वार्ता हुँदै आएको छ । दैनिक तीन दिनसम्म भएका वार्तामा ओली–प्रचण्डबीच एकले अर्काको कुरा सुन्ने काम भएपनि सहमतिको विन्दु भने पहिचान हुन नसकेपछि उनीहरुबीच पुन वार्ता भएको हो । आजको वार्तामा नेताहरुले सहमतिको विन्दु खोट्याउने अपेक्षा गरिएको छ ।

प्रचण्डसहितका शीर्ष नेताहरु प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागिरहेका छन् भने ओली राजीनामा बाहेकमा मात्र सहमति गर्न सकिने बताउँदै आएका छन् ।

दुवै पक्षको यहीँ अडानका कारण नेकपामा ‘टकराव’ चुलिदै गएको छ । जसका कारण असार १८ पछि स्थायी कमिटी बैठक समेत बस्न सकेको छैन । सथायी समितिको अर्को बैठक आगामी शुक्रबार बिहान ११ बजेलाई तोकिएको छ ।

सम्बन्धित् समाचार