पछिल्लो २४ घण्टामा देशभर १ सय आठ जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्न २५ वटा प्रयोगशालामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए। बुधबार देशभर २५५ जना संक्रमित थपिएका थिए।
हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या सात हजार ८ सय ९१ छ।