गृहपृष्ठ खबर नेकपा स्थायी समिति बैठक सात दिनका लागि स्थगित

नेकपा स्थायी समिति बैठक सात दिनका लागि स्थगित

प्रकाशित मिति:

आज वस्ने भनिएको नेकपा स्थायी समितिको वैठक बस्दै नबसी स्थगित भएको छ । बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाले स्थायी समितिको बैठक थप सात दिनसम्मका लागि स्थगित गरेको छ ।

नेकपा स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि आन्तरिक किचलो उत्कर्षमानै छ ।

यसअघि सहमति खोज्न भन्दै पटक–पटक स्थायी कमिटीको बैठक स्थगित गरिएको थियो । अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमति हुन सकेको छैन ।

सम्बन्धित् समाचार