गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतमा पछिल्लो २४ घण्टामा साढे २६ हजार नयाँ कोरोना संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा साढे २६ हजार नयाँ कोरोना संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा साढे २६ हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका २६ हजार ५०६ नयाँ संक्रमित थपिएका हुन् । यो एकैदिनमा थपिएका सबैभन्दा कोरोना संक्रमितको संख्या हो । यससँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि सात लाख ९३ हजार ८०२ पुगेको छ ।

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २१ हजार ६०४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कारण ४७५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख ३० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने नौ हजार ६६७ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा अहिलेसम्म एक लाख २६ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने एक हजार ७६५ जनाको मृत्यु भएको छ । दिल्लीमा पनि कोरोना भाइरसका एक लाख सात हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने तीन हजार २५८ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशमा ३२ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ८६२ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा २५ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ८५४ जनााको मृत्यु भइसकेको छ । बिहारमा कोरोना भाइरसका १३ हजार ९४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ११५ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म कोरोना भाइरसका चार लाख ९५ हजार ५१६ जना संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

सम्बन्धित् समाचार