कपिलवस्तुमा सर्वसाधारणहरु मास्क नलगाई हिँडिरहेका छन्। प्रहरीले सम्झाउँदा पनि अटेर गरेर हिँडिरहेकाहरु सरकारले जारी गरेको निर्देशनको अटेर त गरेकै छन् कोभिड १९ को जोखिम पनि बढाएका छन्। ईलाका प्रहरी कार्यलय पिपराबाट खटिएको टोली विहिबार सडकमा विना मास्क आवतजावत गर्ने सर्वसाधरणलाई सम्झाई बुझाई गरि मास्क लगाउन अनिवार्य गरेको छ ।
सडकमा मास्क नलगाई हिडनेलाई प्रहरीले रोकि केही समय होल्ड समेत गर्ने गरेको छ । प्रहरीले सबै सर्वसाधरणलाई कोरोनाको संक्रमणको जोखिमलाई ध्यानमा न्युन्तम स्वास्थ्यका उपायहरु पालना गर्न आग्रह समेत गरेको छ ।
मास्क नलगाई घरबाट निस्किएको पाईए कडा कारबाही गर्न जिल्ला प्रशासन कार्यलय कपिलवस्तुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ सोही निर्देशन अनुसार विहिबार प्रहरीले टोली कपिलवस्तुको वाणगंगामा पनि संक्रियता देखाएको हो ।