गृहपृष्ठ अन्तरास्ट्रिय खबर अभिषेक बच्चनलाई पनि कोरोना पोजिटिभ

अभिषेक बच्चनलाई पनि कोरोना पोजिटिभ

बलिउड नायक अमिताभ बच्चनलाई कोरोना पोजिटिभ देखिएको छ । योसँगै उनको परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण गरिएको थियो ।

भारतीय मिडियाका अनुसार, अमिताभका छोरा नायक अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । नायक अभिषेक बच्चनले सामाजिक संजालमार्फत आफू र आफ्ना पिता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टी भएको उल्लेख गरेका छन् ।

उनले आफू र पिता अमिताभलाई एउटै लक्षण देखिएपछि अस्पताल भर्ना भएको उल्लेख गरेका छन् । अभिषेकले आफ्नो परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण र गरिएको बताउँदै नआत्तिन सबैसँग अपिल गरेका छन् ।

सम्बन्धित् समाचार