गृहपृष्ठ अन्तरास्ट्रिय खबर अभिनेत्री ऐश्वर्या र उनकी छोरीलाई पनि कोरोना पुष्टि

अभिनेत्री ऐश्वर्या र उनकी छोरीलाई पनि कोरोना पुष्टि

प्रकाशित मिति:

मुम्बई
अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना पुष्टि भएको छ । अमिताभ बच्चन र अभिषेक बच्चनको कोरोना रिपोर्ट पोजेभिट आएपछि घरका सबै सदस्यको परीक्षण गरिएको थियो ।

पहिलो पटक गरिएको परीक्षणमा जया बच्चन, ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको थियो । दोस्रो परिक्षणमा भने ऐश्वर्या र आराध्याको रिपोर्ट पोजेटिभ आएको छ ।

कोरोना पुष्टि भएपछि ऐश्वर्या र आराध्या नानावती अस्पताल भर्ना हुने बताइएको छ । जय बच्चनको रिपोर्ट भने नेगेटिभ छ । उनी होम क्वारेन्टाइनमा रहने भारतीय मिडियाले जनाएका छन् ।

सम्बन्धित् समाचार