काठमाडौं । शिक्षक सेवा आयोगले अब प्रत्येक वर्ष शिक्षक अध्यापन अनुमतिपत्र(लाइसेन्स) को विज्ञापन गर्ने तयारी गरेको छ ।
आयोगले वार्षिक कार्यतालिका अनुसार नै शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स)को विज्ञापन गरिने आयोगका उपसचिव एवम् सूचना अधिकारी सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए । उनका अनुसार आगामी आर्थिक वर्षभित्र शिक्षक लाइसेन्सको विज्ञापन हुनेछ । ‘पहिला स्थायी शिक्षक विज्ञापन र त्यसको लिखित प्रतियोगितात्मक परीक्षा सञ्चालन हुन्छ’, उनले भने, ‘हामी त्यसपछि शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन गर्ने योजनामा आयोग रहेको छ ।’
सूचना अधिकारी आचार्यका अनुसार स्थायी शिक्षकको लिखित परिक्षा सञ्चालन गरिसकेपछि शिक्षक लाइसेन्सको विज्ञापन हुने्छ । शिक्षकको लिखिति परिक्षा सञ्चालन पछि लाइसेन्सको विज्ञापन गर्ने कि शिक्षकको लिखित परिक्षको नतिजा पछि गर्ने भन्ने बारेमा आयोगले छलफल गर्छ, उनले भने, ‘अहिले त यहि समयमा विज्ञापन हुन्छ भन्न त सकिँदैन तर आयोगले वार्षिक कार्यतालिकामा राखेको छ अब प्रत्येक वर्ष लाइसेन्सको विज्ञापन खुल्छ ।’