गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ हजार बढी

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ हजार बढी

भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण २३ हजार १७४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण पाँच सयजनाको मृत्यु भएको हो ।

त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आठ लाख ७८ हजार २५४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २८ हजार ७०१ नयाँ संक्रमित थपिएका छन् । भारतमा पछिल्लो केही दिनयता एकैदिन थपिएका कोरोना संक्रमितको संख्याले निरन्तर नयाँ रेकर्ड राख्दै आएको छ ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म दुई लाख ५४ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने १० हजार २८९ जनाको मृत्यु भएको छ । तामिलनाडुमा एक लाख ३८ हजारभन्दा धेरै संक्रमित फेला पर्दा अहिलेसम्म एक हजार ९६६ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा पनि एक लाख १२ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने तीन हजार ३७१ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा पाँच लाख ५३ हजार ४७१ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

सम्बन्धित् समाचार