गृहपृष्ठ अन्तरास्ट्रिय खबर नेपालमा चार भारतीय न्यूज च्यानलबाहेक अन्य च्यानल खुला

नेपालमा चार भारतीय न्यूज च्यानलबाहेक अन्य च्यानल खुला

प्रकाशित मिति:

काठमाडौँ – केही दिनदेखि बन्देज लगाइएका भारतीय समाचार च्यानलहरुमध्ये  चार भारतीय न्यूज च्यानल बाहेक अन्यलाई खुला गरिएको छ ।

केबल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको डिसहोमका  प्रवन्ध निर्देशक सुदीप आचार्यले बताउनु भयो ।

उनका अनुसार डिसहोममा सुरुदेखि नै यी चार वटा न्यूज च्यानलको मात्र प्रसारण रोकेको थियो । तर केही केबल अपरेटरहरुले अरु च्यानलको पनि प्रसारण रोकेको पाइएको छ ।

नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रामक एवम् आपत्तिजनक समाचार प्रसारण गरेपछि केबल अपरेटरहरूले २५ असारमा भारतीय न्यूज च्यानलको प्रसारणमा रोक लगाएका थिए । सरकारले पनि परिस्थिति अनुकूल भएर नसुध्रिदासम्म भारतीय न्यूज च्यानलको प्रसारणमा लगाएको रोक कायम राख्न भनेको छ ।  ग्राहकको माग र आम्दानीको पनि विषय भएकाले अहिलेलाई केही च्यानलमात्र बन्द गरिएको सेवा प्रदायकको भनाइ छ ।

भारतीय केही टेलिभिजन च्यानलहरुले नेपाल र नेपालीविरुद्ध अनर्गल सामग्री प्रसारण गर्न थालेपछि केवल टेलिभिजन सेवा प्रदायकले बिहीबार रातिदेखि भारतीय समाचार च्यानलहरु बन्द गरिएको थियो ।

सम्बन्धित् समाचार