कपिलवस्तु जिल्लाको मायादेवी गाउपालिका वडा नं १. पकडी मा २१ सदस्यीय जनमत पार्टीको समिति गठन भएको छ । जनमत पार्टी कपिलवस्तुको जिल्ला सदस्य मनोज यादवको अध्यक्षतामा मायादेवी गाउपालिका वडा नं.१ पकडी मा २१ सदस्यीय वडा स्तरीय समिति गठन भएको हो ।
वडा स्तरीय गठन समितिको अध्यक्षमा रमाकान्त चौधरी र अन्य २१ जना सदस्य समिति गठन गरिएको छ । जनमत पार्टीमा विस्तारै विस्तारै मान्छेहरु जोड्ने क्रम बढी रहेको छ । पार्टीको सिद्धान्त र धारण को बारेमा जानकारी भए पछि जनमत पार्टीमा मान्छे जोड्ने क्रम जारी रहेको छ ।
पार्टीका जिल्ला सचिव राजेश चौधरीले पार्टीको अबको दिन अझै राम्रो ढङ्गबाट र आम जनताको समस्यालाई कसरी समाधान भन्ने कुरामा केन्द्रित रहने बताए । समिति गठन मा जनमत पार्टीका जिल्ला सदस्य मनोज यादव , उपाध्यक्ष राम भवन हरिजन र सचिव राजेश चौधरी को उपस्थिति रहेको थियोे ।