गृहपृष्ठ Featured बाणगंगा ५ द्धारा चालु आर्थिक बर्षका योजना तथा कार्यक्रम सार्वजनिक

बाणगंगा ५ द्धारा चालु आर्थिक बर्षका योजना तथा कार्यक्रम सार्वजनिक

प्रकाशित मिति:

 

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ५ ले आर्थिक बर्ष २०७६/ ७७ का योजना तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०७६÷७७ भित्र संस्थागत क्षमता विकास तथा सुशासन प्रवद्र्धन एवम् सार्वजनिक सुनुवाई कार्यक्रम अन्तर्गतको कार्यक्रम अनुसार चालु आर्थिक बर्ष भित्रका योजना तथा सम्पन्न भएका कार्यहरुको बारेमा सार्वजनिकिकरण गरिएको हो ।

कार्यक्रममा वडाका सरोकारवालाले भौतिक विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, लक्षित वर्ग तथा विभिन्न समसामयिक बिषयमा समस्या तथा जिज्ञासा राखेका थिए ।

जिज्ञासाको जवाफ दिंदै वडा नं. ५ का वडाध्यक्ष भिष्मराज भुसालले चालु आर्थिक बर्षको अवधिमा सम्पन्न योजनाको प्रतिवेदन प्रस्तुत गरेका थिए । वडाअध्यक्ष भुसालले जब सम्म जनताले विकास निर्माणका काममा अपनत्व गरेर चासो दिंदैनन् तव सम्म विकास निर्माण मजबुत र दिगोपन हुन नसक्ने दावी गरे । उनले यो बर्ष लक्षित वर्गका कार्यक्रममा विभिन्न तालिमहरु मात्र सम्पन्न गरेर औचित्य नहुने भन्दै तालिमबाट सिकेको सीप तथा क्षमतालाई उत्पादनमा प्रयोग गरी उपलब्धि मापन गर्नुपर्नेमा जोड दिएको प्रष्ट पारे ।

चालु आर्थिक बर्षमा विभिन्न अपांगता भएका व्यक्तिहरुलाई उनीहरुको जिवन सहज बनाउनका लागि ह्विल चियर प्रदान, उनीहरुलाई व्यवसाय सञ्चालन गरी आत्म निर्भर बनाउनका लागि आर्थिक सहयोग गरी अपांगमैत्री वडा बनाउने अभियान सुरु गरिएको वडाध्यक्ष भुसालले जानकारी दिए ।

त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत वडाका धार्मिक तथा पर्यटकिय स्थलको प्रचार प्रसार गर्ने उद्देश्यले पार्क निर्माण गर्ने कार्य सुरु गरेकाले यसलाई निरन्तरता दिने बताए ।

विशेष गरी महिला लक्षित कार्यक्रम अन्तर्गत तालिम प्रदान गरि उनीरुको सीपलाई उत्पादनमा सदुपयोग गरि वडाले बजारको व्यबस्था गरिदिने प्रष्ट पारे । त्यस्तै कोभिड विशेष कार्यक्रमम मार्फत ८ जना युवाले रोजगारी प्राप्त गरेको बताए ।

त्यस्तै सामुदायिक विद्यालय प्रति विद्यार्थीहरुलाई आकर्षित गर्नका लागि वाल विकास देखि कक्षा ५ सम्मका सम्पुर्ण विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिंदै आगामी दिनमा यसलाई निरन्तरता दिने बताए ।
वडाध्यक्ष भुसालले हाट बजार र पाकिङ स्थललाई ब्यवस्थित गर्ने कार्य सुरु गरेकोले आगामि बर्ष यो कार्य पुरा गरिने बताए ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणमा वडा नं ५ ले अत्यन्तै अग्रणी र नेतृत्वदायी भुमिका खेलेको बताउदै क्वारेण्टीन तथा आइसोलसन स्थापना र ब्यबस्थापनमा अगुवाइ गरेर नगरलाई नै सकारात्मक दबाब दिएको समेत वडा अध्यक्ष भुसालले दाबी गरे।

सामाजिक विकास समिति संयोजक समेत रहेका वडाअध्यक्ष भसालले वडाले सडक निर्माण, सिचाइ संरचना निर्माण, शिक्षा, सामाजिक सशक्तिकरण र कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको समेत दावि गरे ।

त्यस्तै आगलागीको जोखिमलाई मध्यनजर गरि खरको छाना मुक्त वडा घोषणा गर्ने गरि खरका झुप्रा घरहरुमा आवश्यक निर्माण सामग्री सहित जस्ता पाता लगाउने काम भैरहेको बताउँदै वडाध्यक्ष भुसालले अगामि बर्ष पनि यसलाई निरन्तरता दिने बताए ।

वडा, नगर, प्रदेश तथा संघबाट विनियोजित बजेटबाट वडामा भौतिक विकास निर्माण, सामाजिक, संस्थागत तथा सुशासन, युवा लक्षित, वालवालिका, कृषि तथा आर्थिक विकास सम्बन्धि भौतिक पुर्वाधार तर्फ शत प्रतिशत र सामाजिक बिकास तर्फ ९५ प्रतिशत कार्य सम्पन्न गरेकाले समग्र वडामा करिव शत प्रतिशत योजना तथा कार्यक्रमहरु सम्पन्न भएको वडा सचिव दिपक पाण्डेले बताए ।

वडाअध्यक्ष भिष्मराज भुसालको अध्यक्षता, राम प्रसाद थारु, मधुकला वि.क, (नेकपा) वडा कमिटि अध्यक्ष बाबुराम अर्याल, नेपाली कांग्रेस वडा सभापति शालिकराम पौडेल, राष्ट्रिय जनमोर्चा वडा कमिटि अध्यक्ष चेतनारायण पाण्डे, सम्पुर्ण टोल विकास संस्थाका अध्यक्ष, सञ्चारर्मीहरुको आतिथ्यता, तथा वडाका सरोकारवालाको उपस्थिती रहेको कार्यक्रम वडा सदस्य कृष्ण बहादुर चौधरीको स्वागत मन्तब्य तथा वडा सचिव दिपक पाण्डेको सञ्चालनमा कार्यक्रममा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको थियो ।

Recommended For You

सम्बन्धित् समाचार