गृहपृष्ठ खबर कोरोना नलागोस भन्नका लागि कपिलवस्तु हाटबजार व्यवसायी संघद्धारा होमियोप्याथिक औषधी वितरण

कोरोना नलागोस भन्नका लागि कपिलवस्तु हाटबजार व्यवसायी संघद्धारा होमियोप्याथिक औषधी वितरण

प्रकाशित मिति:

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस ९कोभिड १९० का कारण चरम मारमा परेका व्यवसायीहरुको संगठन कपिलवस्तु हाट बजार व्यवसायी संघले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने होमियोप्याथिक औषधी निःशुल्क रुपमा वितरण कार्य सुरु गरेको छ । मारवाडी सेवा समिति नेपालको सहयोग तथा कपिलवस्तु हाट बजार व्यवसायी संघको आयोजनामा वितरण कार्य सञ्चालन गरिएको संघका अध्यक्ष ज्ञान बहादुर थापाले बताएका छन् ।

पहिलो दिन संघले करिव २ हजार जनालाई वितरण गरेको छ भने १२ हजार जनालाई निःशुल्क रुपमा वितरण गर्ने जनाईएको छ । खास गरी कोरोना भाईरस ९कोभिड १९० बाट विश्वनै त्रसित भएको रोगसंग लड्ने क्षमता वृद्धि गरि कोरोना मुक्त देश बनाउने लक्ष्य सहित उक्त कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउने संघले जनाएको छ ।

संघका सदस्य तथा अन्य सर्वसाधारणलाई घरको १ जना सदस्य मार्फत सबै सदस्यहरुलाई पुग्ने गरी औषधी सेवन गर्ने तरिकाको बारेमा पनि परामर्श गरेर औषधी हस्तान्त्रण गरिएको संघका सदस्य हमेराज नेपालीले जानकारी दिए ।

कार्यक्रममा संघका जिल्ला अध्यक्ष ज्ञान बहादुर थापा, उपाध्यक्ष मधु केसी र खीमानन्द पौडेल, सचिव नेत्र घिमिरे, सह सचिव तिलक पाण्डे, सदस्य हेमराज नेपाली, यज्ञ मुर्ति काफ्ले लगायत व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित् समाचार