हुृलाकी राजमार्ग अन्तर्गत कपिलवस्तुको सदरमुकाम तौलिहवामा निर्माण हुने सडक स्त्तोरउन्नतिकालागि सडक अतिक्रमण हटाउने बिषयमा बहस चलीरहेका बेला कपिलवस्तु नगरपालिका मेयर किरण सिंहले अतिक्रमण हटाउने क्रममा सबै जग्गा गुमाउने परिवारलाई नगरपालिकाले ५ धुर जग्गा उपलब्ध गराउने घोषणा गरेका छन ।
हुलाकी राजमार्ग अन्तर्गत साउन २ गतेबाट निर्माण सुरु हुने भन्दै सोहि दिन भित्र अतिक्रमण हटाउन सयमसिमा दिईएको छ । यस बिषयमा गत असार २५ गते जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय सहमिति समेत बनेको छ ।
मेयर सिंहले सदरमुकाम तौलिहवालाई जीवन्त राख्न यो सडकको स्त्तोरोन्नती जति सक्दो चाडो संपन्न हुनु पर्ने जोड दिदै एक धुर जग्गा पनि नबच्नेले यही साउन १५ गते भित्र नगरपालिकामा निबेदन दिन आग्रह गरेका छन ।
उनले सडक ऐन २०३१ अनुसार सडकको दायाबाया पन्ध्र पन्ध्र मिटर सडक क्षेत्र पर्ने भएकाले जति सक्दो चाडो खाली गर्न अपील गरेका छन । लकडाउन, बर्षाका बेला भनिए पनि गत कार्तिकमा सडक निर्माणको संझौता भई सकेको र सययमै सडक निर्माण गर्नु पर्ने भएकोले सबैको सहमितिमा सडक अतिक्रमण हटाउने निर्णय भएको उनले बताए । तौलिहवाको मुहरा फेर्न र विकासको गतिलाई अघि बढाउन यो सडक तौलिहवाकालागि लाईफ लाईन भएको उनले बताए ।
२०७२ सालमा प्रशासन कार्यालयको अगुवाईमा समेत सडक अतिक्रमण हटाउने कार्य अघि बढाईएको थियो । तत्कालीन प्रजिअ बिनोद प्रकाश सिंहले सडक अतिक्रमण हटाउनकालागि नापजाच गरी प्रतिबेदन समते बनाएका थिए । ५ सय ८२ जनाको घर सडकमा पर्ने प्रबिवेदन बनाएर कार्य अघि बढाईएको थियो ।

सिंहको सरुवा भएसंगै सो फाईल दराजमा थन्किएको छ । तर अहिले हुलाकी सडक आयोजना अन्तर्गत काम सुरु हुन खुशीको कुरा रहेको स्थानीय बलराम तिवारीले बताए । उनले यो अवसरलाई गुम्न दिनु नहुने र सयममै बाटो निर्माण हुनु पर्ने माग गरे । उता सडक अतिक्रमण हटाउन सु्चना जारी गरे पछि संघर्ष समिति समेत निर्माण गरिएको छ । सो समितिले लकडाउन र बर्षाको बेला बाटा बिस्तारको काम अघि बढाउन नहुने बताएका छन । उनीहरुले नगरपालिकाले पहिलेनै गरेको निर्णय अनुसार आठ आठ मिटरलाई सडक क्षेत्र कायम गर्नुपर्ने माग गरे ।








