गृहपृष्ठ Featured शितगंगामा स्कारपियो दुर्घटना एक जनाको अबस्था चिन्ता जनक

शितगंगामा स्कारपियो दुर्घटना एक जनाको अबस्था चिन्ता जनक

शितगंगा नगरपालिका ३ ठाडा दह अगाडी रिपाहामा स्कारपियो दुुर्घटना भएको छ काठमाडौ बाट सन्धिखर्क जाँदै गरेको बा १५ च २७०६ नम्बरको स्कारपियो दुर्घटनामा पर्दा १ जनाको अबस्था चिन्ता जनक रहेको छ भने १ जना गम्भीर घाइते भएका छन ।

इलाका प्रहरी कार्यलयमा ३ जना भएको जानकारी गराएर गएको स्कारपियो दुघटनामा परे पछि स्थानिय प्रहरी नेपाल आर्मी तथा स्थानियहरुले १ जनाको खोजी गरिरहेका छन । दुर्घटनामा घाइते रहेका चालक लिला तामाङ र अर्का घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ । पानी परेको र निकै चिफ्लो रहेकोले उद्धारमा समेत समस्या परेको छ । गाडी सडक बाट ६०० मिटर भन्दा तल खसेको छ । उत्त स्थानमा केही समय अगाडी ट्याक्टर समेत दुर्घटनामा परेको थियो ट्याक्टर भएकै स्थानमा स्कारपियो पुगेको छ भने पाट पुर्जा बिभिन्न स्थानमा छेदबिछेद अबस्थामा रहेका छन ।

सम्बन्धित् समाचार