गृहपृष्ठ Featured सोमबार थप १८६ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार थप १८६ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति:

काठमाडौँ – नेपालमा सोमबार थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ८ सय ४४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप १५६ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनुभयो ।

अहिले देशका विभिन्न आइसोलेसनमा ५ हजार ९ सय ३६ जना संक्रमित उपचाररत रहेका छन् । गत २४ घण्टामा १७३ जना डिस्चार्ज भएका छन् ,भने आजसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ८ सय ६८ पुगेको छ । कोरोना संक्रमण निको हुने दर ६६.५१ प्रतिशत रहेको छ । हाल क्वारेन्टिनमा २२ हजार २ सय २८ जना रहेका छन् ।

सम्बन्धित् समाचार