गृहपृष्ठ खबर शिवराजको रुद्रपुरमा महाकाल सामाजिक संस्थाको वडा स्तरिय समिति गठन

शिवराजको रुद्रपुरमा महाकाल सामाजिक संस्थाको वडा स्तरिय समिति गठन

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको महाकाल सामाजिक संस्थाले ११ सदस्यीय रुद्रपुर वडा स्तरिय समिति गठन गरेको छ ।शिवराज नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अनुप कुमार चौधरीको अातिथ्यतामा वडा स्तरिय समिति गठन गरिएको हो ।जसको अध्यक्षमा विरेन्द्र कुमार शुक्ला,उपाध्यक्षमा प्रभु दयाल गुप्ता, सचिवमा मनोज कुमार गुप्ता,कोषाध्यक्षमा राम शंकर लगायत अन्य गरि ११ सदस्य चयन भएका छन् ।

वडा अध्यक्ष चौधरीले महाकाल सामाजिक संस्थाले नगरसंगै जिल्लाका विभिन्न ठांउमा सामाजिक काममा अग्रसर भएको बताउंदै आफ्नो वडासंग हातेमालो गरि उत्कृष्ट काम गर्दै जान आग्रह गर्नु भयो । लकडाउन अघि शिवराज नगरपालिकाको वडा नंम्वर ५ मा दैनिक काम गरि खाने नागरिकका लागि हरेक हप्ताको मङ्गलबार रु २५ मा पेटभरी खाना खुवाएको र विभिन्न वडामा सामाजिक कार्यमा संलग्न भईरहेको र आगामी दिनमा अझै यो कार्यलाई थप गर्ने उदेश्यले नगरको वडा नम्वर ७ मा शाखाको रुपमा समिति गठन गरिएको संस्थाका अध्यक्ष धर्मराज विश्वकर्माले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार