गृहपृष्ठ Featured देशभर अविरल वर्षा, सतर्कता अपनाउन अनुरोध

देशभर अविरल वर्षा, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । मौसम पूवार्नुमान महाशाखाले मुलुकका केही स्थानमा मध्यम तथा भारी वर्षा भइरहेकाे र केही दिन जारी रहने भएकाेले सबैलाई सचेत रहन अनुरोध गरेको छ ।

महाशाखाले सबै प्रदेशका विभिन्न स्थानमा मंगलबार भारी वर्षाको सम्भावना रहेको र ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अुनुरोध गरेको हो ।

देशभर मध्यम वर्षा भइरहेको मौसम पूवार्नुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मौसममा सामान्यदेखि पुर्ण बदली हुँदै विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशभर मनसुनी वायुको प्रभाव बढ्दा मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको पनि महाशाखाले प्रष्ट पारेको छ ।

मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । सबै प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको हो ।

सम्बन्धित् समाचार