काठमाडौं । चैत ११ गतेदेखि जारी लडाउनको अन्त्य गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ६ गतेको मध्यरातदेखि लागु हुनेगरी बन्दाबन्दी (लकडाउन) अन्त्य गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधीमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
साउन ३२ सम्म सीमा नाका सिल
मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मनोवैज्ञानिक त्रास कम गर्नका लागि आज रातिबाट लागु हुनेगरी बन्दाबन्दीको अन्त्य गरे पनि जोखिमको अवस्था हेरेर कतै निषेधित क्षेत्र घोषणा गर्न सकिने खतिवडाको भनाइ छ ।
सरकारले अत्यावश्यक वस्तुको अभाव हुन नदिने
त्यस्तै भदौ १ गदेबाट आन्तरिक एवम् बाह्य व्यवसायिक उडान सुरु गर्ने निर्णय गरेको छ । भदौ १ गतेदेखि नै जनस्वास्थ्य सम्बन्धी प्रोटोकलको पालना गर्दै मध्यम तथा लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।
लकडाउन अन्त्य, अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गरिने
त्यस्तै सरकारले भदौ १ गतदेखि नै खेल क्षेत्र खुला गर्ने निर्णय गरिएको छ । भदौ १ गतदेखि अन्तर्राष्ट्रिय खेल प्रशिक्षण लगायतका खेल गतिविधिहरू सुचारु हुने खतिवडाको भनाइ छ । रङ्गशाला, प्रशिक्षण केन्द्र आदि खुला हुनेछ । सरकारले भदौ १५ गतेदेखि नै परीक्षा लगायतका गतिविधि सञ्चालन गर्ने निर्णय गरेको मन्त्री खतिवडाको भनाइ थियो । तर, स्कुल, कलेज, ट्युसन सेन्टर, शिक्षण प्रशिक्षण केन्द्रहरू भने अनिश्चितकालसम्म बन्द नै रहेछन् ।
साउन १५ गतेदेखि होटल, रेस्टुरेन्ट खुल्ने
सिनेमा घर, जिमखाना, धार्मिक क्षेत्र, डान्स बार, सैलुन, पुस्तकालय, चिडियाखाना, समूहमा खेलिने खेल आदि बन्द नै रहेन मन्त्री खतिवडाले जानकारी दिए ।
भदौ १ गतेदेखि हवाइ उडान हुने तर स्कुल, कलेज बन्द