गृहपृष्ठ Featured दुग्ध उत्पादक किसानलाई प्रदेशद्धारा अनुदान 

दुग्ध उत्पादक किसानलाई प्रदेशद्धारा अनुदान 

 

दुग्ध उत्पादक किसानहरुलाई प्रदेश नं ५ ले अनुदान दिएको छ । बाणगङगा दुग्ध प्रदेशले उत्पादक सहकारीमा दुध बेच्ने किसानहरुलाई १७ लाख बढी अनु्दान घोषणा गरेको हो । बाणगंगा दुग्ध उत्पादक सहकारीको बैठकले प्रदेश न. ५ को भुमी ब्यबस्था तथा सहकारी मन्त्रालय अन्तर्गत मत्स्य बिकास निर्देशनालय बुटवल रुपन्देहीले दुध बेच्ने किसानलाई अनुदान स्वरुप दिएको रकम बितरण गर्ने जानकारी दिएको छ ।

सहकारी सस्थामा २०७५ साल साउन १ गतेदेखि २०७६ असार मसान्तसम्मको प्रति लि. रु २ का दरले ११ लाख १७ हजार ५ सय २६ रुपैयाँ र कोभिड विशेष ४० दिनको प्रति लि. औसतमा रु १० का दरले ६ लाख ८० हजार गरि जम्मा रु १७ लाख ९७ हजार ५ सय २६ बितरण गर्ने निर्णय गरेको संस्थाले जानकारी दिएको छ । अनुदान स्वरुप प्राप्त भएको रकम बाणगंगा दुग्ध उत्पादक सहकारीमा दुध बेच्ने किसानलाई किसानकै खाता खोली जम्मा गर्ने गरि बितरण गर्ने बैठकले निर्णय गरेको छ ।

साथै सो रकम निकासाका लागि संस्थाको कार्यालयमा जानकारी लिन र मिसन डेभलपमेन्ट बैंकमा खाता खोल्न दुध बेच्ने किसानलाई सहकारिका ब्यबस्थापक केशव कुवरले आग्रह गर्नुभएको छ । त्यस सस्थाका ११९ जना सेयर सदस्यलाइ समेत अनुमोदन गर्ने निर्णय गरिएको छ ।

राधेश्याम न्यौपानेको अध्यक्षता रहेको बैठक सुर्य प्रसाद भण्डारीको संचालनमा सम्पन्न भएको थियोे ।

सम्बन्धित् समाचार