गृहपृष्ठ खबर बालुवाटारमा ओली र प्रचण्डबीच छलफल

बालुवाटारमा ओली र प्रचण्डबीच छलफल

काठमाडौँ : प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको आन्तरिक मतभेदबारे शुक्रबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच २ घण्टा बढी छलफल भएको बताइएको छ । जहाँ प्रधानमन्त्रीको राजीनामा, महाधिवेशन प्रस्ताव लगायत विषयमा छलफल भएको थियो । प्रचण्ड, माधव नेपाल, वामदेव गौतम लगायत समूहले प्रधानमन्त्री ओलीलाई राजीनामाको लागि दबाब दिइरहेका बेला आगामी मंसिरमा पार्टी महाधिवेशनको प्रस्ताव उठेको छ ।

केपी ओली निकट नेताहरुले सोही अधिवेशनले नेतृत्व फेर्ने वा कायम गर्ने प्रतिक्रिया दिँदैआएका छन् । यद्यपि शुक्रबार बसेको बैठकमा दुई समूहबीच सहमति भएको वा नभएकोबारे ठोस निर्णय सार्वजनिक भएको छैन । पछिल्लो समय प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्ट बन्दै प्रचण्ड, माधव नेपाल, वामदेव गौतम, झलनाथ खनाल लगायत नेताहरु ओलीप्रति रुष्ट बन्दैआएका छन् ।

सम्बन्धित् समाचार