काठमाडाैं, ९ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले म्यान्मार, भुटान, नेपाल र बंगलादेशसँग भारतको सामाजिक व्यापारिक सम्बन्ध बलियो रहेको बताएका छन् ।बिहीवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट सन्देश मार्फत प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।
मोदीले एकातिर यी देशहरूसँग भारतको सम्बन्ध राम्रो रहेको र अर्कोतिर भारतका पूर्वी दिशातर्फ रहेका छिमेकी देशहरूसँगको सम्बन्ध पनि ‘एक्ट इस्ट पोलिसी’ले सशक्त बनाएको धारणा व्यक्त गरेका छन् ।
ये एक तरफ से म्यांमार, भूटान, नेपाल और बांग्लादेश के साथ हमारे सामाजिक और व्यापारिक रिश्तों को मज़बूती देती है, वहीं भारत की Act East Policy को भी सशक्त करती है: उनले भनेका छन् ।
केही महिना यता नक्सा प्रकरणलाई लिएर नेपाल-भारतबीच कूटनीतिक तनावको वातावरण सिर्जना भएको छ ।कालापानी लगायतका स्थानमा चर्किएको सीमा विवादबारे मोदीले लामो समयसम्म कुनै अभिव्यक्ति दिएका थिएनन् ।








