काठमाडौं । शिक्षक सेवा आयोगले परीक्षाको प्रश्नपत्र निर्माण, परिर्माजन तथा उत्तरपुस्तिका परीक्षणका लागि विज्ञ माग गरेको छ ।
आयोगले शुक्रबार एक सूचना निकाल्दै, विभिन्न तह र श्रेणीका खुला, आन्तरिक प्रतियोगितात्मक बढुवा र अध्यापन अनुमतिपत्र परीक्षाको प्रश्नपत्र निर्माण, परिर्माजन तथा उत्तरपुस्तिका परीक्षण गर्ने प्रयोजनका लागि विज्ञ महानुभावहरुको सूची अध्यावधिक गर्नु पर्ने भएकाले योग्यता पुगेको व्यक्तिहरुलाई तोकिएको समयभित्र विवरण पेश गर्न अनुरोध गरेको छ ।
आयोगको सूचना अनुसार आगामी भदौ ३० गतेभित्र विवरण पेश गर्न भनिएको छ । शिक्षा विषयमा कम्तीमा स्नातकोत्तर उत्तिर्ण गरेको, माध्यामिक तहको स्थायी शिक्षक, निजामति सेवा वा संगठित संस्थाको कम्तीमा अधिकृतस्तरमा ३ वर्ष सेवाअवधि पुरा गरेको, विश्वविद्यालय सेवामा उपप्रध्यापक पदमा स्थायी नियुक्ति भइ ३ वर्षे सेवा अवधि पूरा गरेको व्यक्तिले विवरण पेश गर्ने सक्ने आयोगले निकालेको सूचनामा भनिएको छ ।
भिडियो –








