कपिलवस्तुको बाणगंगा नगरपालिकाले नेपालकै उत्कृष्ट नगरपालिकाको पुरस्कार पाएको छ । नगरपालिकाले गरेका बिभिन्न कार्यहरुमध्ये आर्थिक बर्ष २०७५ र ७६ मा गरेको शुसासन प्रवाहको क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेबापत नेपाल नगरपालिका संघले बाणगंगा नगरपालिका लाई पुरस्कृत गरेको हो ।
नेपाल नगरपालिका संघको २८ औँ बार्षिकोत्सवको अवसरमा आईतबार काभ्रेमा भएको कार्यक्रममा नगरपालिका संघका अध्यक्ष अशोक ब्यञ्जनकारले नगरपालिकाका उप प्रमुख चक्र अर्याललाई पुरस्कार प्रदान गरेका हुन्। पुरस्कार ग्रहण गर्न प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी पनि काभ्रे पुगेका थिए ।
यही हप्ता नगरले आर्थिक बर्ष २०७५ । ७६ मा बेरुजु नभएकोमध्ये नेपालमै दोश्रो नगरपालिका घोषित भएको छ ।
यो नगरपालिका यसअघि पनि प्रदेश ५ को दोश्रो उत्कृष्ट नगरपालिका भइसकेको छ । बाणगंगा आ व ७४ । ७५ मा पनि वेरुजु अन्त्यमा प्रदेश ५ को दोश्रो स्थानीय तह बनेको थियो । बाणगंगा बिश्वका उत्कृष्ट १०० नगरभित्र पनि पर्न सफल नगरपालिका पनि हो ।