पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बसिरहेका ५३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँका ४८, ललितपुरका ४ र भक्तपुरका १ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए।
उपत्यकामा यति धेरै संक्रमित भेटिएको यो पहिलो घटना हो। काठमाडौँ उपत्याका ५३ सहित नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा.गौतमले बताए।उनका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३९ पुगेको छ।








