गृहपृष्ठ अन्तरास्ट्रिय खबर कोरोना भाइरसविरुद्धको खोप पहिला चीनका रोकथाम केन्द्रका प्रमुखले लिए

कोरोना भाइरसविरुद्धको खोप पहिला चीनका रोकथाम केन्द्रका प्रमुखले लिए

प्रकाशित मिति:

एजेन्सी, १३ साउन । चीनको रोग नियन्त्रण र रोकथाम केन्द्रका प्रमुख गाओ फूले कोरोना भाइरसको खोप स्वयं लिएका छन् । गाओ फू भनेका छन्, ‘उनले भ्याक्सिनलाई स्वीकृति दिएपछि मानिसहरुले यो भ्याक्सिनका प्रयोग गर्न प्रात्साहन मिलोस् भन्ने हो ।’

गाओ फू चिनियाँ ई–कर्मस कम्पनी अलीबाबा र अमेरिकी प्रकाशक सेल प्रेसद्वारा वैज्ञानिक पत्रिका प्रकाशित गर्न आयोजना गरिएको वेबिनारमा भाग लिइरहेका थिए। उनले भने, ‘म आफैंले पनि खोप लगाई सकेको छु। आशा छ कि यसले काम गर्छ। ‘ चीनमा सरकारको अनुमोदन हुनु अघि पनि एक सरकारी कम्पनीले मार्चको महिनामा प्रयोगको रूपमा आफ्ना कर्मचारीहरुलाई खोप दिएको थियो ।विज्ञहरूले पनि यसको बारेमा चिन्ता व्यक्त गरे। यद्यपि गाओ फूले यो खोप कहिले र कसरी लिएको बताएनन्। सरकारले अनुमोदन गरेको मानव परीक्षणमा गाओ आफैं पनि सामेल थिए । के उनले यस परीक्षणमा यसको सुई लिएका थिए की अरु समयमा नै । यो भने स्पष्ट नभएको जनाइएको छ। गाओ फूको दावीले कोरोना खोपको विकासको लागि चीन र संयुक्त राज्य अमेरिका र बेलायतसँगको प्रतिस्पर्धाप्रति ध्यान आकर्षित गरेको छ।

चीन, ब्रिटेन र संयुक्त राज्य अमेरिकाका कम्पनीहरूले पहिले कोरोना खोप विकास गर्न काम गरिरहेका छन्। यसको राजनीतिक महत्त्व रहेको छ र यसलाई पहिले कसले गर्न सक्दछ, यो सफलतालाई उनको राजनीतिक विजयको रूपमा हेरिनेछ ।

करिब दुई दर्जन कोभिड खोप विकास परियोजनाहरू विश्वभर मानव परीक्षणको तहमा छन् र ती मध्ये आठ केवल चीनबाट आएका छन्। यो संख्या कुनै पनि देश भन्दा बढी छ। गाओ भन्छन, ‘उनले जनताको विश्वासलाई सुदृढ पार्नका लागि खोप लिएको हो।’

सम्बन्धित् समाचार