साउन १३, २०७७ काठमाडौं : पूर्वरथी कुलबहादुर खड्काको मंगलबार अपराह्न निधन भएको छ । केही दिनअघि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिका खड्काको निधन भएको पारिवारिक स्रोतले जनाएको हो। उनलाई आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ।
पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्री हुँदा बहालवाला प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई हटाएर खड्कालाई प्रधानसेनापतिमा नियुक्त गरिएको थियो । तर तत्कालीन राष्ट्रपति डा रामवरण यादवले हस्तक्षेप गरेर कटुवाललाई नै प्रधानसेनापति बनाएका थिए। उक्त घटनामा विवाद कायमै रहेपछि दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।