सत्तारुढ नेकपाको विवादले उग्ररूप लिइरहेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपाध्यक्ष वामदेव गौतमलाई भेट्ने भैँसे पाटी पुगेका छन्। मंगलबार दिनभर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बालुवाटारमै घेराबन्दी गरेपछि ओली वामदेवलाई भेट्न साँझ ७ बजे भैंसेपाटी पुगेका हुन्।
पछिल्लो समय दाहाल–नेपाल समूहमा रहेका भनिएका उपाध्यक्ष गौतमले मंगलबार ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि ओलीको पक्षमा आफूलाई उभ्याएका थिए। वामदेवको ६ बुँदे प्रस्तावले नेकपा दाहाल–नेपाल गुटमा तरंग ल्याएका बेला महासचिव विष्णु पौडेललाई साथमा लिएर ओली भैंसेपाटी पुगेका हुन्। तीन नेताबीच भैंसेपाटीमै खाना खाने कार्यक्रम तय गरिएको छ।
मंगलबार बालुवाटारमा भएको दाहाल-नेपाल समूहका स्थायी कमिटी बैठकमा उपाध्यक्ष गौतमले आफूले राखेको ६ बुँदे प्रस्तावबारे आफ्नो धारणा राखेका थिए। “प्रधानमन्त्रीज्यू महासचिव पौडेललाई साथमा लिएर भैंसेपाटी पुग्नु भएको छ।
उहाँहरु साँझ ७ बजे भैंसेपाटी जानुभएको होु, उपाध्यक्ष गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले भने, “उहाँहरूबीच पछिल्लो समय नेकपामा विकसित भएको घटनाक्रम र मंगलबार सार्वजनिक गरिएको ६ बुँदे प्रस्तावसहितका विषयमा छलफल हुन सक्छ।”








